|

ओखलढुंगा : सोलुखुम्बुमा सञ्चालन भइरहेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएकाे छ। 

बिहीबारको खेलमा ओखलढुंगाको महिला टोलीले झापालाई वेष्टअप फाइभमा हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। त्यस्तै सुनसरीले उदयपुरलाई हराएको छ भने संखुवासभाले खोटाङलाई हराएको छ। घरेलु टिम सोलुखुम्बुले मोरङलाई हराएपछि सेमिफाइनल प्रवेश गरेको ओखलढुंगाका भलिबल प्रशिक्षक सुधीर कार्कीले जानकारी दिए। 

शुक्रबार फाइनलका लागि ओखलढुंगा र सोलुखुम्बु तथा संखुवासभा र सुनसरी भिड्ने छन्। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको उक्त प्रतियोगिमा सहभागी खेलाडीहरूमध्ये आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट हुने कार्कीले बताए।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रुपलाल तामाङका अनुसार प्रदेश १ स्तरीय महिला छनोट प्रतियोगिता सोलुखुम्बुमा भइरहेको छ भने पुरुषतर्फको प्रदेशस्तरीय छनोटका लागि ओखलढुंगामा फागुन १३ गते खेल सुरु हुनेछ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.