|

काठमाडौं :  आईसीसी महिला टी–२० एसिया क्षेत्रीय छनोटमा नेपालले शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

थाइल्याण्डको बैंककमा हुने खेलमा नेपाली महिला टिम जीतका साथ खेलमा फर्किन चाहन्छ। आफ्नो पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको नेपाली क्रिकेट टोलीले दोस्रो खेलमा भने आयोजक थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो। नेपालले आज युएईलाई हराए शीर्ष स्थानमा पुग्ने सम्भावना जिवितै राख्ने छ। 

दुई खेल खेलेको नेपालको २ अंक रहेको छ भने ३ खेल खेलको यूएईको ६ अंक रहेको छ। त्यस्तै थाइल्याण्डको चार अंक रहेको छ। अंकतालिकामा थाइल्याण्ड दोस्रो स्थानमा रहँदा चीन ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ। नेपालले अर्को खेल आइतबार हङकङसँग खेल्ने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.