|

काठमाडौं : वीर अस्पतालको नवनिर्मित भवनको लिफ्ट चुडिँदा बिहीबार बेलुकी दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। भवन निमार्णका लागि खाटिएका कामदार सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा सप्तरीकै सोभित कुमार चौधरी रहेको महानगरीय प्रहरी वृत्त जनसेवा विशालबजारका डिएसपी टिकुनन्द लिम्बूले जानकारी दिए। घाइते चौधरीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। निर्माणाधीन वीर अस्पतालको भवनमा बेलुकी ७ बजे समान लोड गरिएको लिफ्ट चुँडिदा उनीहरु च्यापिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.