|

हेटौँडा : पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा-११ थानाभर्‍याङमा बिहीबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलाश गाउँपालिका-४ नामटारका  ४० वर्षीया मिलनप्रसाद बर्तौला रहेका छन्। स्मारक गेटमा पैदल हिँडिरहेको अवस्थामा को१७प १८८० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका उनको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्तौलालाई ठक्कर दिने मोटरसाइकल चालक कमल आलेमगर भने गम्भीर रहेको र उनलाई प्रहरी निगरानीमा अस्पताल लगिएको  प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.