|

सिराह : अज्ञात समूहले शुक्रबार बिहान लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन्। लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक,द काठमाडौं पोस्ट,साप्ताहिक,हल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो।

पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो,पसल सञ्चालक दिनेश देवले भनेम पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र किन पत्रिका जलायो यसबारेमा केही थाहा भएन।'

यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए। केही दिनअघि सीता नोवेल पसलका लागि आएको कान्तिपुर,काठमाडौं पोष्ट लगायतका पत्रिका चोरीसमेत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.