'थापा र पौडेलको अकर्मण्यता र निष्कृयताले असफल भइयो'

|

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी  नेकपा सचिवालय बैठकले कार्यदल विघटन गरेसँगै बहुमत सदस्यहरूले फरक मत सहितको प्रतिवेदन बुझाउने भएका छन्। कार्यदल सदस्य योगेश भट्टराईले प्रदेश कमिटीबारे छलफल गर्दा कार्यदललाई काम गर्न नदिइएको आरोप लगाएका छन्।

उनले कार्यदलले काम गर्न नसक्नु र निष्क्रिय बन्नुको प्रस्ट कारणसहित लिखित प्रतिवेदन तयार पारेर अधक्ष्यद्वयलाई दिइने बताए। कार्यदलले काम गर्न नसक्नुका मुख्‍य दोष  संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई देखाएका छन्। उनले भने, 'हामीलाई काम गर्न दिइएन कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलको निष्क्रियता र अकर्मण्यताले काम नभएको हो' उनले थपे, 'कार्यदल भंग भएकोमा दुख लागेको छ। लिखित रूपमा अधक्ष्यद्वयलाई फरक प्रतिवेदन बुझाउने हाम्रो तयारी छ।'   

 फरक मत सहितको प्रतिवेदन बुझाउनेहरूमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट र वर्षमान पुन रहने बताइएको छ। सचिवालयको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको थियो।

बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए। तर बहुमत सचिवालय सदस्य कार्यदललाई एक हप्ताको समय दिनुपर्ने पक्षमा उभिएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो। कार्यदल  विघटन भएपछि  पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जनाए।  सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा पुस १२ गते कार्यदल गठन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.