|

दाङ : प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको शव दाङ ल्याइएको छ। उनको शवलाई अहिले नेकपाको तुलसीपुर पार्टी कार्यालय (साबिक एमालेको अञ्चल कार्यलय) मा श्रद्धाञ्जलिका लागि राखिएको छ। उनको पार्थिक शरीरमा प्रदेश  ५ का सभामुख पूर्णबहादुर घर्ती, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का सचिव जगप्रसाद शर्मा‘अपार’ लगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरे।

शुक्रबार दिउँसो साढे २ बजेतिर हेलिकाेप्टरबाट उनलाई तुलसीपुर ल्याइएको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का तुलसीपुर अध्यक्ष खुसीराम चौधरीले बताए। पार्टी कार्यालयमा शुक्रबार साँझसम्म श्रद्धाञ्जलिका लागि राखिने छ‍ भने त्यसपछि उनको पार्थिक शरीर शनिबार १० बजे श्रीगाउको घरमा पुर्‍याइने छ। शनिबार नै उनको अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ।

गाडी दुर्घटनामा परी गम्भीर घाइते भएका वलीको काठमाडौंको मेडासिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजेतिर निधन भएको हो। दाङ क्षेत्र ३ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद वलीको पार्थिक शरीरलाई शुक्रबार विहान ९ बजेदेखि ११ बजेसम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलि अर्पणका लागि राखिएका थियो। गत माघ २४ गते घोराही ३ चिसापानीनजिकै सांसद ओली सवार कार र बस ठोक्किँदा दुर्घटना भएको थियो।

वलीको टाउको,खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो। बुटवलबाट गृहजिल्ला दाङ आउँदै गरेको अवस्थामा घोराहीबाट लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नम्वरको यात्रुबहाक बस र सांसद ओली चढेको बा १८ च ६८३६ नम्वरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। उनकी श्रीमती र दुई छोरा छन्। २०४१ सालमा जन्मिएका सांसद ओलीको ३४ वर्षको उमेरमा निधन भएको हो।

प्रदेशसभा सांसद वलीको शवलाई पार्टी कार्यालयमा श्रद्धाञ्जलि 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.