|

उदयपुर : इलाका प्रहरी कार्यालय बेलवारी मोरङले एक ब्यक्तिको हत्या गरी फरार भएका प्रतिवादीलाई १० वर्ष पछि पक्राउ गरेको छ। गएको २०६५ साल चैत्र ३१ गते मोरङको भाउन्ने चोक नजिककैको खाली चौरमा हत्या गरी फरार भएको अभियुक्तलाई पक्राउ गरेको हो।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सुचना समन्वय शाखका हवल्दार अशोक आचार्यका अनुसार झापाको सार्वजानिक अर्जुनधारा गाबिस २ हालको शनि अर्जुन नगरपालिका ४ का २७ वर्षीय दिपक पाण्डे मृत अबस्थामा फेला परेका थिए। ‘घाँटीमा धारिलो हतियारले काटी मृत अवस्थामा रहेका पाण्डेको हत्यामा सग्लग्नको पहिचान गरी पक्राउ गरिएको हो,’ उनले भने, ‘खोजतलास गर्ने क्रममा झापाकै शनि अर्जुन नगरपालिका २ का ४३ वर्षीय शरण भट्टराई पक्राउ परेका हुन्।

पक्राउ परेका भट्टराईले आर्थिक प्रलोभनका कारण उक्त घटना घटाएको र घटना पश्चात भारतका बिभिन्न स्थानहरूमा लुकीछिपी बस्दै आएको वयान दिएको प्रहरीको भनाई छ। सवारी चालक रहेका मृतक पाण्डे र प्रतिवादी भट्टराई सामान्य चिनजाका साथी रहेकोले पनि पक्राउ परेका भट्टराईले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले पाण्डेको कारमा बिर्तामोडबाट इटहरीतर्फ हिडेका भट्टराईले मोरङको पथरी बजार आएपछि कोकाकोलामा मन्द विष खुवाएर घाँटी रेटी थिची हत्या गरेका थिए।

जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान मुद्दामा म्याद दर्ता गरी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.