|

पाकिस्तानले अतिवादी संगठन जमात उद दावामाथि प्रतिबन्ध लगाएको छ। भारत प्रशासित कश्मीरको पुलवामा ४६ जनाको मृत्यु हुनेगरी केही दिन अघि भएको हमलापछि पाकिस्तानले अतिवादी नेता हाफिज सइदको उक्त संगठनमाथि प्रतिबन्ध लगाएको हो।

पाकिस्तानको गृहमन्त्रालयले जमात उद दावासँको अर्को संगठन फलाह ए इन्सानियतमाथि पनि प्रतबन्ध लगाउने घोषणा गरेको छ। गृहमन्त्रालयका प्रवक्ताले बिहीबार प्रधानमन्त्री इमरान खानको कार्यालयमा बैठक भएको र नेश्नल एक्सन प्लानबारे व्यापक छलफल भएको थियो।

उक्त बैठकपछि ती दुई संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय भएको हो।

पुलवामा हमलापछि पाकिस्तान र भातरबीच कुटनीतिक सम्बन्ध तीव्र रूपमा बिग्रिरहेको छ। भारत र पाकिस्तान दुवैले एकअर्काप्रति अभिव्यक्ति आक्रमण र केही महत्वपूर्ण निर्णय गरिरहेका छन। भारतले पाकिस्तानलाई सबक सिकाउने भनिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री खानले आफूमाथि हमला भए कडा प्रतिकार गर्ने जवाफ दिएका थिए। यी दुवै देशसँग परमाणू हतियार रहेका छन।

बिहीबार मात्रै इमरान खानले आफ्नो कार्यालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक आयोजना गरेका थिए। जसमा भारत प्रशासित पुलवामा हमला पछि पाकिस्तानको रणनीति र राष्ट्रिय सुरक्षा स्थितिका बारेमा छलफल गरेको बीबीसीले लेखेको छ। उक्त बैठकमा पुलवामा हमलामा पाकिस्तानको कुनै किसिमको पनि संलग्नता नभएको र भारतले निराधार आरोप लगाएको निष्कर्ष निकालिएको थियो। पाकिस्तानले उक्त हमलाको योजना र संलग्नता भारतमा भएको र भारतीयको रहेको र आफूमाथि अनावश्यक आरोप लगाएकाले निष्पक्ष जाँच हुनुपर्नेबारे बैठकमा छलफल भएको थियो।

पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भारतसँग वार्ताको प्रस्ताव पनि राखिएको छ। पाकिस्तानले आतंकवाद र अन्य विवादीत विषयमा पनि छलफल गर्न भारतसँग प्रस्ताव पनि राखिएको छ। वार्ताबारे भारतले सकरात्मक जवाफको अपेक्षा रहेको पाकिस्तानको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

पाकिस्तानले आफ्नो भूमि आतंकवादी गतिविधिका लागि प्रयोग हुन नदिने र त्यस्तो गरेको पाइएका खण्डमा कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.