मुगु : कर्णाली प्रदेको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा लगातारको हिमपातले सेताम्मे बनेको छ। रारा वरवर ३ फिटसम्म हिउँ जमेको छ। रारा वरिपरिका रूखरविरुवा हिउँले सेताम्य भएका छन्। राराले खैरो, बैजनी र निलो गरी दिनमै तीन पटकसम्म तीनपटक रूप बदल्ने गर्दछ। यही रूपमा रमाउन यतिबेला देशका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन्।
यति बेला रारा हिउँले सेताम्यमात्रै होइन रारा मनमोहक देखिएको काठमाडौंबाट रारा घुम्न आएका अरूण राईले बताए। मुर्माटपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने उनी बताउँछन्।
समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको र ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको छ। रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा रारामा पाइन्छन्। कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भाल, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्त्वपूर्ण मानिदै आएको रारा राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।