|
File Photo

काठमाडौं : नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने भएको छ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सेवाग्राहीले पाउने सेवाको समयसमेत उल्लेख गरिएको नागरिक बडापत्र जारी गर्न लागिएको जानकारी दिएका हुन्। उनले सो बडापत्रमा टयांकरले पम्पहरूमा र पम्पबाट नागरिकहरूले कति समयमा पेट्रोलियम पदार्थ पाईसक्ने भन्ने कुरा खुल्ने गरी राख्न टिम नै तयारी पारी कामलाई अघि बढाइएको पनि बताए। पौडेलले सिस्टमको विकास हुन नसकेकाले निगमले सेवाग्राहीहरूको गुनासो सम्बोधन गर्न नसकेको पनि स्मरण गराए।

शुक्रबार पत्रकार सम्मेलन गरी उनले सरकारले जारी गरेको निगमसम्बन्धी नागरिक बडापत्रले सेवाग्राहीको मागलाई सम्बोधन गर्ने अवस्था नरहेपछि आफूले नयाँ बडापत्र जारी गर्ने सोच बनाएको पनि स्पष्ट पारे।

कार्यकारी निर्देशक पौडेलले पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थहरूको अभाव नहुने गरी स्टोर गरिएको पनि स्पष्ट पारे। आफूले निगमको काम थालेको ४५ दिन भएको र यसबीचमा सबैभन्दा बढि पम्पहरूमा पेट्रोलियम पदार्थ स्टोर गर्न आफू सफल भएको कार्यकारी निर्देशक पौडेलको दावी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.