समाज

कुलोमा डुबेर बालिकाको मृत्यु
SHARES

फागुन १०, २०७५

    हेटौंडा : मकवानपुरको पश्चिमी क्षेत्रस्थित राक्सिराङ गाउँपालिका ५ बाङ्तीराङमा घट्टको कुलोमा डुबेर एक बालिकाको ज्यान गएको छ।

    सोही स्थानकी ३ वर्षीया अस्मिता लामाको शुक्रबार बिहान कुलोमा डुबेर ज्यान गएको स्थानीय बासिन्दाले जानकारी दिए। डुबेको अवस्थामा फेला परेकी लामालाई उपचारका लागि मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको थियो। तर स्वास्थ्य केन्द्र आइपुग्नु अघि नै उनको मृत्यु भइसकेको पाइएको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।

    बालिकाको शव मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]