|

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिपिएल)मा उत्कृष्ट डेब्यु गर्दै महत्त्वपुर्ण तीन विकेट लिएका छन्। लाहोर कलन्दर्सबाट डेब्यु गरेका उनले शुक्रबार भएको पहिलो खेलमा मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिए। उनको टिम हाइस्कोरिङ खेलमा ६ विकेटले विजयी भयो।

पहिलो ओभरमा १८ रन खर्चिए पनि त्यसपछिका ओभरमा उनले लगातार विकेट लिन सफल भए। त्यसपछि दोस्रो ओभरमा उनले सात रन दिएर एक विकेट लिए। जसमा जेम्स भिन्सलाई पेभेलियन फर्काएका थिए। त्यसपछि व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले सोयव मलिकको विकेट लिन सफल भए। तर उनले सो ओभरमा १५ रन खर्चिएका थिए।

यसका साथै सन्दीपको सो ओभरमा एउटा क्याच ड्रप भएको थियो। उनले व्यक्तिगत चौथो ओभरमा अर्को विकेट लिए। आफ्नो अन्तिम ओभरको पहिलो बलमा छक्का खाएका उनले दोस्रो बल डट गरे। त्यसपछि तेस्रो बलमा उनले आन्द्रे रसेललाई क्यान आउट गरे। चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट लिए। आन्द्रे रसेल वेस्टइन्डिजका विश्व चर्चित खेलाडी हुन् भने सोएब मलिक पाकिस्तानका चर्चित खेलाडी हुन्।

सन्दीपको टिम हाइस्कोरिङ खेलमा ६ विकेटले विजयी भयो। २०० रनको लक्ष्य पछ्याएको लाहोरले अन्तिम बलमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो। उसको जितमा फखर जमानले ३५ बलमा ६३ रन बनाउँदा एबी डिभिलियर्सले २९ बलमा ५२ रन बनाए। त्यस्तै, वाइसले २० बलमा ४५ रन बनाउँदै २०४ रनका साथमा सनसनीपूर्ण जित निकालेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.