छापा

मलेसियाली जेलमा २०० नेपाली
SHARES

फागुन ११, २०७५

    काठमाडौं : रोजगारीका लागि मलेसिया पुगेका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेलमा पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा २०६ जना नेपाली छन्। तीमध्ये धेरैजसो अवैध रुपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन्।

    दूतावासका प्रथम सचिव प्रेमराज गौतमाका अनुसार मलेयसिया आएपछि आफ्नो भिषा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन्। कतिपय चाहिँ चोरी, लागुऔषध कारोबार, अपहरण, जुवातासजस्ता गम्भीर मुद्दामा जेल पुगेको समाचार नागरिक दैनिकमा छ।

    सचिव गौतमका अनुसार अवैध रुपले बसेकालाई प्रहरीले क्वालाम्पुरको पुत्राजयस्थित अध्यागमन विभाग हुँदै अदालतमा पेस गर्छ। यस्तै प्रहरी र रोजगारदाता कम्पनी सञ्चालकसँग दुर्व्यवहारका कारण समेत कतिपय नेपाली जेल परेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]