|

बाजुरा : शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको हो। बिहीबार पीडित महिला जङ्गलमा दाउरा, घाँस गर्न गएको समयमा अभियुक्त गिरीले मदिरा सेवन गरेर बलात्कार गरेको बताइएको छ।

महिलाका आफन्तले दिएको उजुरीको आधारमा गिरीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरी नायव निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए। पक्राउ परेका गिरीलाई अहिले हिरासतमा राखिएको छ। 

त्यस्तै बाजुरामा भरुवाबन्दुकसहित दुई सिकारी पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका–७ मालाकोट बस्ने ३३ वर्षीय कृष्ण मिजार र सोही वडाका खडक ऐडी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। त्रिवेणी नगरपालिका–८ स्थित बादापानीको जङ्गलमा सिकार खेल्न गएको अवस्थामा शुक्रबार भरुवा बन्दुकसहित उनीहरू पक्राउ परेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.