|
प्रतीकात्मक तस्विर

काठमाडौं : राँगोले आक्रमण गर्दा चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा  एकजनाको मृत्यु भएको छ। शनिबार बिहान राँगोको आक्रमणबाट  स्थानीय ७० वर्षीय मानवीर महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ।

‘मर्निङ वाक’मा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । राँगोको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि कीर्तिपुर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त चन्द्रागिरीको टोली र स्थानीयबासीले राँगोलाई समात्ने प्रयास गरेका थिए। खेदेर दहचोक पुर्‍याएपछि प्रहरीले गोली हानेर राँगो मारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.