समाज : अपराध

गोली हानी महिलाको हत्या
SHARES

फागुन ११, २०७५

    कपिलवस्तु : बाणगंगा नगरपालिका ४ कुवेरापुरमा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले मृत्यु हुने अन्दाजी ३५ वर्षीया अनिता पौडेल रहेको पुष्टि गरे।

    शुक्रबार राति घरमै रहेका वेला अज्ञात व्यक्तिहरूको गोली प्रहारबाट उनको मृत्यु भएको बताइएको छ। उनको शव पोष्टमार्टमका लागि अहिले जिल्ला तौलिहवा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

    राति खाना खाएर बसिरहेका वेला दुई अपरिचित व्यक्तिले उनीमाथि गोली प्रहार गरेका हुन्। सँगै रहेका दुई छोरीलाई बेहोश बनाएर पौडेललाई घर बाहिर बोलाएर गोली प्रहार गरेको प्रत्यक्षदर्शीले जानकारी दिएको प्रहरीले बताएको छ।

    पौडेल स्थानीय होराइजन स्कुलमा कार्यालय सहायक थिइन्। उनी दुई छोरीसँग बस्थिन्। श्रीमान् भने अर्को विवाह गरी भारत बसेको  स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]