|

काठमाडौं : नक्खुमा भएको बम विस्फोटमा परेर घाइते भएकाहरूको अवस्था बुझ्न आइजिपी सर्वेन्द्र खनालसहित गृहमन्त्री रामबहादुर थापा बादल ललितपुरको मेडिसिटी अस्पताल पुगेका छन्।

 शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा परेर गम्भीर घाइते सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने अन्य दुईजना घाइतेहरूको मेडिसिटी अस्पतालमा उपचार जारी छ। शुक्रबार देशका विभिन्न ठाउँमा टेलिफोन प्रदायक कम्पनी एनसेलका टावरमाथि बम विस्फोट र आगजनी भएको थियो भने विभिन्न ठाउँमा बम फेला परेका थिए। 

गृहमन्त्री थापाले घाइतेहरूको सरकारले नि:शुल्क उपाचार गर्ने र घटनामा संलग्नको सत्यतथ्य बुझेर कारबाही गरिने र त्यसका लागि छानबिन गरिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.