एनसेललाई कारबाही किन? भन्ने पर्चा फेला

|

कञ्चनपुर :  कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ४ असैनामा गएराती अज्ञात समुहले आगजनी गरी एनसेल कम्पनीको टावरका केवुल जलाएको छ। टावरमा जडान केबुल जलेपछि एनसेलको मोवाईल सेवा ठप्प भएको छ। राति करिब १२ बजेको समयमा टावरमा आगजनी भएको स्थानीय बासिन्दाले बताएका छन्।

टावरमा लगाइएको घेरबारको ताला फुटाएर अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।  एनसेलको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी पाएपछि तत्कालै टावर भएको ठाउँमा पुग्दा जडान गरिएका सबै केबुल जलेको अबस्थामा फेला पारेको अवस्थीले बताए।

केबुल जलाएको ठाउँनजिकै एनसेल कम्पनीलाई कारबाही किन? भनेर लेखेर फालिएको पर्चासमेत प्रहरीले फेला पारेको छ। पर्चामा कम्पनीले सरकारलाई कर नतिरेको, सर्वोच्च अदालतको आदेश नटेरको लगायतका कुराहरु लेखिएका छन्। टावरमा आगजनी गर्नेहरुको पहिचान गर्नका लागि प्रहरी टोली परिचालन भएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.