|
File Photo

तनहुँ : बस र मोटरसाइकल एकआपसमा ठोकिँदा शनिबार दुई युवकको मृत्यु भएको छ। गोरखा नगरपालिका १४ का २१ वर्षीय माधव दराई र पर्सा जिल्लाका १६ वर्षीय सुरज परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

गम्भीर घाइते घाइते दराईको उपचारको क्रममा दमौली अस्पताल र मोटरसाइकल पछाडि सवार परियारको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए। ‘बस र मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको हो। मोटरसाइल चालकको दमौली अस्पतालमा मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन्। गम्भीर घाइते परियारको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेकोमा थप उपचारका क्रममा मृत्यु भएको जानकारी पाएका छौँ’, उनले भने, ‘मृतकका परिवारलाई खबर गरेको छौँ। उहाँहरू आइपगेपछि शव बुझाउनेछौँ।’ 

पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ३९ प ९५३८ नम्बरको मोटरसाइकल पृथ्वी राजमार्गस्थित तनहुँको व्यास नगरपालिका १२ घाँसीकुवामा एकापसमा ठोकिँदा उनीहरू घाइते भएका थिए। दुवै सवारीसाधन र बस चालक जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.