|

चितवन : नारायणी नदीमा नुहाउने क्रममा डुवेर शनिबार एक किशोर बेपत्ता भएका छन्। भारत सलनपुर थाना घर भई भरतपुर २ लिलाचोकमा चट्पट बेच्दै आएका गोपी साहका १५ वर्षीय छोरा मनिस साह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मनिस आज दिउँसो साढे २ बजे भरतपुर २ स्थित नारायणी किनार बुद्धको सालिक नजिकैबाट नुहाउने क्रममा बेपत्ता भएका हुन्। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजीकार्य जारी राखे पनि अझै पत्ता नलागेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.