|

काठमाडौं : बामपन्थी नेता कृष्णदास श्रेष्ठको निधन भएको छ।

तत्कालीन एमाओवादीका सल्लाहकार रहेका माक्र्सवादी दर्शनका व्याख्याता, लेखक तथा अनुवादक श्रेष्ठको ८७ वर्षको उमेरमा शनिबार दिउँसो १ बजेर ४० मिनेटमा आफ्नै निवास शंखमूलमा निधन भएको हो।

छातीको ब्रोंकाइटिसबाट पीडित श्रेष्ठलाई माघ १९ गते नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। श्रेष्ठको निधनमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले श्रद्धान्जलि ब्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.