|

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका २ डुम्रेमा आगलागी हुँदा ६६ लाखको क्षति भएको छ। शनिबार दिउँसो भएको आगलागीले पाँच घर जल्दा ६६ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटका अनुसार आगोमा परी स्थानीयका खसी, बाख्रा ४७ वटा, घर, गाईगोठ, अन्नपात, भाडाबर्तन जलेर क्षति भएको छ।

स्थानीय कमल बहादुर कार्कीको एक वटा घर, दुईवटा गाई गोठ, विदुर कार्कीको एकवटा घर, एकवटा गाई गोठ जलेको छ। यसैगरी प्रहरीका अनुसार दीपक कार्की एकवटा घर, दुईवटा गाई गोठ, राजेन्द्र बहादुर कार्की एकवटा घर, एकवटा गाई गोठ, ज्ञानबहादुर कार्की एकवटा घर, एकवटा गाई गोठ जलेर खरानी भएको डिएसपी रानाभाटले बताए।

‘के कारणले आगो लागि भएको कारण खुलेको छैन,’ उनले भने, ‘प्रहरी र स्थानियको सहयोगमा आगो निभाउने काम भयो, बारुण यन्त्र पुग्ने अवस्था थिएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.