|

नवलपारसी : प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन गरेको बजेट सत प्रतिशत खर्च हुनेगरी काम  अगाडि बढाउनका लागि प्रदेश सरकारलाई कर्मचारी अभाव भएको सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताएका छन्।

पश्चिम नवलपरासीको बर्दघाट नगरपासलका वडा नम्बर २ मा रहेको चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११ औं वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कर्मचारी अभावका कारण सोचेअनुरूप काम गर्न नसकेको बताएका हुन्। कुनै पनि विकास निर्माणका योजना संचालन गर्दा दीर्घकालीन सोचका साथ अगाडि बढ्नसमेत चौधरीले आग्रह गरेका छन्।

खानेपानीको योजना संचालन गरिरहँदा कम्तिमा २५ वर्षपछि सम्मको जनसंख्यालाई थेग्नेगरी पूर्वानुमान गरेर योजना बनाउनुपर्नेमा मन्त्री चौधरीको जोड रहेको थियो। चौधरीले प्रदेश ५ मा ६७८ बटा चालु योजनालाई समपन्न  गर्नका लागि  आवश्यक पर्ने बजेट २२ अर्ब रुपैयाँ संघीय सरकाले उपलब्ध गराउनु पर्ने बताए।

अहिले प्रदेश ५ सरकार कानुन निर्माण, भौतिक संरचना निर्माण र योजना निर्माणमा तीव्रताका साथ लागिपरेको भन्दै मन्त्री चौधरीले नागरिकहरू निरास हुनुपर्ने स्थिति नरहेको र विकासले गति लिइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.