|

टोटनह्यामलाई इंग्लिस प्रिमियर लीगको टाइटल सपनामा धक्का लागेको छ। शनिबार अप्रत्यासित रूपमा बर्नलीसँग २–१ ले पराजित भएपछि उपाधि होडमा उसलाई धक्का लागेको हो। हारपटि २७ खेलबाट ६० अंकमा टोटनह्याम कायम रहेको छ। शीर्ष स्थानको सिटीको ५ अंक बढी छ।

पहिलो हाफमा टोटनह्यामलाई गोलरहित बराबरीमा रोकेको बर्नली दोस्रो हाफमा थप प्रभावकारी देखियो। बर्नलीलाई क्रिस उडले ५७ औं मिनेटमा अग्रता दिलाए।  ड्वाइट म्याकेइल्सको कर्नरलाई उनले आकर्षक हेडमार्फत  गाेल गरेका थिए। तर केनले ६५ औं मिनेटमा बराबरी गोल फर्काउँदै टोटनह्यामको आसालाई कायम राखेका थिए। तर उनको उक्त गोलले टिमको हार टार्न सकेन्। खेलको अन्त्यमा एस्ली बर्नेसले बर्नलीलाई दोस्रो गोल दिलाएपछि टोटनह्याम स्तब्ध बनेको थियो।

टोटनह्याम पराजित भएपछि प्रशिक्षक माउरिसिओ पोचेटिनो आक्रमक देखिए। वर्नलीको पहिलो गोल रेफ्रिको गल्तीका कारण भएको भन्दै उनी आक्रमक बनेका थिए। उडले गरेको पहिलो गोलमा कर्नर नभएको उनको दाबि थियो। पोचेटिनोको टोटनह्याम एक खेल कम खेलेको लिभरपुल भन्दा पाँच अंकले पछि छ। लिभरपुल आइतबार म्यानचेस्टर युनाईटेडविरुद्ध प्रतिस्पर्धा गर्दै  छ। टोटनह्यामलाई पराजित गरेसँगै बर्नली १३ औं स्थानमा रहेको छ। बर्नलीले रेलिगेशन जोन भन्दा आफुलाई ६ अंकमाथि राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.