|

काठमाडौं :  संस्थागत इमेलमा राखिएको कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय संस्थाहरु साइबर चुनौतीको जोखिममा रहेको पाइएको छ।

साइबर सुरक्षा सम्बन्धी काम गरिरहेको थ्रेटनिक्सले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्रयोग गरेका ३ हजारभन्दा बढी इमेलको पासवर्ड सजिलै डाउनलोड गर्न मिल्ने अवस्थामा छन्।

थ्रेटनिक्स रिपोर्ट नाम दिइएको प्रतिवेदनमा सन् २०१८ भर नेपालको सूचना प्रविधि क्षेत्रमा भएको सुरक्षा चुनौती औंल्याइएको छ। प्रतिवेदनअनुसार डट एनपी डोमेनको आधारमा निर्माण गरिएका ८ हजार ३ सय बढी इमेलका पासवर्डको डाटासेट डाउनलोड गर्न मिल्नेगरी इन्टरनेटमा भेटिन्छन् भन्ने खबर कान्तिपुर दैनिकमा छ। 

तीमध्ये अधिकांश पासवर्ड एक दुई तीन चार पाँच, पासवर्ड वान, एबीसीडी, इमेल ठेगाना राखिएका छन्। अनुसन्धानमा संलग्न सुयश नेपालले भने ‘हामीले सम्बन्धित बैकहरुलाई उनीहरुको सुरक्षा कमजोरी विषयमा जानकारी गराएका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.