|

भारतको असम राज्यमा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सख्या एक सय नाघेको छ। विषाक्त मदिरा सेवनबाट दुई सय भन्दा बढी अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

अस्पतालमा भर्ना भएका म्ध्ये धेरै महिला  रहेको र उनीहरू आसामको चिया बगानमा काम गर्ने मजदुर रहेकाे जनाइएकाे छ। असमको गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्ने मानिसहरूले विषाक्त मदिरा सेवन गर्न पुगेका थिए। गोलाघाटका प्रमुख प्रशासक धिरेन हजारिकाले त्यस्तो मदिरा सेवन गर्नेहरूमध्ये पहिलो व्यक्तिको मृत्यु बिहीवार भएको जनाइएको छ।  गोलाघाट जिल्लामा मात्रै ५८ जनाको मृत्यु भएको गोलघाटका प्रहरी अधिकारीले बताए। 

असम राज्य प्रहरीका अनुसार उनीहरूले एक जनालाई अवैध मदिरा बेचेको आरोपमा समातेको छ। त्यस्तो मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.