|

भेनेजुएलाले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध तोडेको छ। सीमा क्षेत्रमा हिंसा फैलाउन मद्दत गरेको आरोप लगाउँदै भेनेजुएलाले कोलम्बियासँगको सम्बन्ध तोडेको हो।

राष्ट्रपति निकोलस मादुरोले कोलम्बियासँगको सीमा नाकासमेत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन्। कोलम्बियामा प्रवेश गर्न खोज्ने हजारौं भेनेजुएलालीलाई रोक्ने र वैदेशिक राहत सामग्री भित्रन नदिने प्रयासस्वरुप ती नाका बन्द गरिएको जनाइएको छ।

भेनेजुएला सरकारले सीमावर्ती नाका बन्द गरेपछि विपक्षी कार्यकर्ताहरुले प्रदर्शन चर्काएका छन्। अमेरिकालगायत युरोपेली मुलुकले दिएको मानवीयता सहायता भित्र्याउनुपर्ने भन्दै विपक्षी कार्यकर्ताले सीमावर्ती क्षेत्रका शहरहरुमा प्रदर्शन चर्काएका हुन्।

त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच भिडन्तसमेत भएको छ। सुरक्षाकर्मीले कयौं सेल अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन्। प्रदर्शनकारीलाई साथ दिँदै केही सुरक्षाकर्मीले चौकीसमेत छाडेका छन्। भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोले सहायता सामग्री भेनेजुयला पुगेको दाबी गरेका छन्।  ब्राजिलको बाटो हुँदै राहत सामग्री भेनेजुएला भित्रिएको उनको भनाइ छ। 

यसअघि ब्राजिलको सीमानजिक भेनेजुएलाको सेनाले गोली प्रहार गर्दा दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो। शनिबार पनि थप दुई जनाको मृत्यु भएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.