|
File Photo

काठमाडौं : संसदीय सुनुवाइ समिति बैठक  आइतवार बस्दै छ। 

सिंहदरबार स्थित काननु न्याय तथा मानवअधिकार समितिको हलमा आइतबार विहान ११ बजे बस्ने बैठकमा  मुस्लिम आयोग अध्यक्षमा सिफारिस समिममिया अन्सारीको शैक्षिक प्रमाणपत्र, नागरिकता र पार्टी आवद्धताबारे संवैधानिक परिषद, काठमाडौं जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगले सम्बन्धित विषयमा छानबिन तथा अनुसन्धान गरी पठाएका पत्रबारे छलफल हुनेछ।

 समिति सभापति लक्ष्मणलाल कर्णका अनुसार अन्सारीका बारेमा आएका उजुरीका आधारमा समितिले अनुसन्धान गरेर आवश्यक निर्णय लिनेछ। त्यसैगरी, आजको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोग अध्यक्षमा सिफारिस भएका डा शान्तराज सुवेदीको नाम अनुमोदित गर्न वा नगर्नेबारे निर्णय गर्नेछ। पौडेल र सुवेदीको सुनुवाइ यसअघि नै भइसकेको छ, सत्ताधारी दल संघीय समाजवादी फोरमले निर्णय गर्ने क्रममा असन्तुष्टि जनाएकाले यसअघि यी दुई नाम अनुमोदित हुन सकेका थिएनन्। आजकै बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयाेग अध्यक्षमा सिफारिस विजयकुमार दत्तपनि सुनुवाइ हुनेछ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ बैठक बहिष्कार गर्दै आइरहेको छ। उसले संवैधानिक अंगका अध्यक्ष सिफारिस गर्ने संवैधानिक परिषद बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा निर्णय लिइएको भन्दै असन्तुष्टिस्वरुप बैठक बहिष्कार गरिरहेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.