|

काठमाडौं : भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको आइतबार बिहान ८६ वर्षको उमेरमा निधन भएको छ। उनको विराटनगरस्थित निवासमा बिहान साढे एकबजे निधन भएको हो।

उच्च रक्तचापका बिरामी पोखरेलको लामो समय काठमाडौँस्थित नर्भिक अस्पताल र पछिल्लो समय विराटनगरकै एक अस्पतालमा उपचार गराइएको थियो। प्राध्यापक पोखरेलका एक छोरा मुनाल र दुई छोरी त्रिपुरा खरेल र मुना घिमिरे रहेका छन्। 

पोखरेलको आइतबार नै स्थानीय परोपकारघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.