|
File Photo

काठमाडौ‌ : थाईल्याण्डमा जारी आईसीसी 20–२० महिला विश्वकपको एसीयाली छनोटको चौथो खेलमा नेपालले हङकङसंग प्रतिस्पर्धा गर्दैछ। 

थाईल्याण्डको एसियन ईन्टिच्युट अफ टेक्निोलोजीको मैदानमा नेपाली समयानुसार दिउँसो पौने १ बजे हुने खेलमा नेपालले विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाउन कसरत हुनेछ। 

यस अघि भएका तीन खेलमा दुई खेलमा जित निकाल्दै नेपाली महिला टोली ३ खेलबाट चार अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ। पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको नेपाली महिला क्रिकेट टोली दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग ५७ रनले पराजित हुन पुगेको थियो त्यस्तै आफ्नो तेस्रो खेलमा युएईलाई सात विकेटले हराएको थियो।

नेपालले अर्को खेल भोलि चिनसँग खेल्ने छ भने अर्को खेल २७ तारिखमा कुवेतसँग प्रतिस्पर्धा गर्ने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.