|

काठमाडौं : गण्डकी प्रदेशले विभिन्न सेवाअन्तर्गत ९० जनाका लागि स्वंसेवकका रूपमा काम गर्न भर्ना आह्‍वान गरेको छ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवाका लागि ३५ जना, इन्जिनियरिङ, पशु र कृषि सेवाका लागि समान १५/१५ जनाका दरले दरखास्त आह्‍वान गरेको हो। त्यस्तै वन र कम्युटर सेवाका लागि समान ५/५ जना मागेको छ।

आइतबार प्रकाशन गरेको विज्ञापनमा आजकै मितिदेखि १५ दिनभित्र सामाजिक विकास मन्त्रलायमा दरखास्त पेस गर्न भनेको छ। त्यस्तै यो योजनामा काम गर्ने स्वयंसेवकले तलब पाउने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता रमेशप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, ‘यो योजना राष्ट्रिय योजना आयोगको कार्यक्रम भएको र प्रदेशले नै आवश्‍यक जनशक्ति भर्ना गर्ने भएको हुनाले दरखास्त मागिएको हो।’ दरखास्त दिने गण्डकी प्रदेशकै वासिन्दा हुनुपर्ने अधिकारीको भनाइ छ। 

हेर्नुहाेस् विज्ञापन

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.