|

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दै छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजे बस्ने बैठकमा पार्टीको विधानका विवादित विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ। यसअघि पटक–पटक बसेका केन्द्रीय समिति बैठकमा विधान र महासमिति बैठकले पारित गरेका निणर्य कार्यन्वयबारे छलफल भए पनि टुङ्गोमा पुग्न नसक्दा आइतबार पनि त्यही विषयमा छलफल हुन लागेको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए।

पार्टीको महाधिवेशनका लागि समावेशी समानुपातिक कोटाबाट छनोट हुने व्यक्ति एक पटक भन्दा नदोहोर्‍याउने र प्रतिनिधिहरु वडाबाटै छनोट भएर आउने विषयमा मुख्य विवाद रहेको नेता मिन विश्वकर्माले बताएयो। केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका लागि तलैबाट आउनुपर्ने कि नपर्ने तथा समानुपातिक सांसद दोस्रो कार्यकाल दोहोरिन पाउने कि नपाउने भन्ने विवाद समाधान गर्ने विषयमा शनिबार पनि कांग्रेसले छलफल गरेको थियो। तर यस विषयमा कुरा मिल्न नसक्दा तत्कालका लागि विवादित विषय थाँती राखेर भए पनि विधान पारित गर्नुपर्ने केही सस्दयले माग गरेका छन्। बैठकमा विगठन भइसकेको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विषयमा पनि छलफल हुने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.