|

अमेरिका : एक बन्दुकधारीले गोली हानी एक नेपालीको हत्या गरेको छ। गोली लागी एकजना गम्भीर घाइते भएका छन्। गोली लागी केन्टकी राज्यको राजधानी फे्रन्कपोर्टवाट झण्डैं २० मिनेटको दुरीमा रहेको एलिजावेद टाउनमा एक ग्यास स्टेसनमा काम गर्दै आएका नेपाल लमजुङ घर भएका सुभाष घलेको मृत्यु भएको हो। घटनामा परी अर्का प्रयास बानियाँ गम्भीर घाइते भएका छन्।

उनको लुवेल अस्पतालमा उपचार भइरहेको छ। घले केही समयअघि टेक्ससको डलासवाट केन्टकी बसाइसरेका थिए। बिहीबार राती करिब साढे ११ बजे एक बन्दुकधारी स्टोरमा प्रवेश गरी गोली हानेको प्रारम्भिक जानकारी आएको स्थानीय एनआरएनए अमेरिका केन्टकी राज्यका अध्यक्ष डिल्लु पराजुलीले जानकारी दिए। ती हतियारधारीले आफ्नो प्रेमिकालाई समेत गोली हानी हत्या गरेको बताइएको छ। मृतकका बुबा आमा नभएको बताइएको छ। घलेका एक दिदी नेपाल र अर्की दिदी बेलायतमा बस्दै आएका छन् भने भाइ सिंगापुरमा रहेका छन्।

सिंगापुरमा रहेका भाइसँग सम्पर्कमा रहेको बताउँदै एनआरएनए केन्टकी अध्यक्ष पराजुलीले परिवारको सल्लाहबमोजिम यहाँ आफूहरूले सहयोगी भूमिका निभाउने बताए। प्रहरीले घटनाबारे पूर्ण जानकारी नगराएको भए पनि बन्दुकधारीसँग सोही दिन दिउँसो घलेको सामान्य वादविवादसमेत भएको बताइएको छ। सो स्टोर भारतीय मूलका ह्यारी सिंहले संचालन गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.