|
Photo : digit.in

चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। ओप्पो ए५७ नामको यो स्मार्टफोनमा तीव्र गतिको प्रोसेसर, उच्च स्टोरेज क्षमता, एडभान्स ग्राफिक्स प्रविधिको प्रयोग गरिएको छ। यो स्मार्टफोनको मुल्य करिब २५ हजार पर्ने बताइएको छ।

यो फोन दुई वटा रंगमा बजारमा आउने भएको छ भने यसको स्क्रिनमा कलर ओएस ३.० स्किन प्रयोग गरिएको छ। यसमा प्रयोग गरिएको क्यामेरा पनि पीडीएएफ नामक प्रविधिको प्रयोग गरि निर्माण गरिएको छ। यसले फोकसिङका लागि तिव्र गतिमा काम गर्ने गर्छ। यो प्रविधि अहिले चलेको डीएसएलआर क्यामरामा उपलब्ध रहेको छ। 

ओप्पोको यस ए५७ मा के छन् सुविधा :
- ५.२ इन्च हाइडेफिनेसन एलसीडी २.५ डी कर्भ्ड ग्लास डिस्प्ले
- एन्ड्रोइड ६.० मार्सम्यालो
- १.४ जिगाहर्ज अक्टा कोर क्वालकम स्न्यापनड्रागन ४३५ एसओसी प्रोसेसर
- ग्राफिक्सका लागि एड्रेनो ५०५ जीपीयू 
- ३ जीबी र्‍याम
- ३२ जीबी इन्टरनल स्टोरेज तथा १२८ जीबीसम्म बढाउन सकिने मेमोरी
- १६ एमपी फ्रन्ट क्यामरा तथा १३ एमपी रेयर क्यामरा
- २९००एमएएच ब्याट्री
- ४जी एलटीई, गीपीआरएस/इडीजीई, ब्लुटुथ भर्सन४.१, वाईफाई, जीपीएस, युएसबी र ३.५ एमएम अडियो ज्याक
- तौल १४७ ग्राम

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.