|
फाइल फोटो

काठमाडौं : मुलुकका विभिन्न २१ जिल्लामा टेलफोन सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि आगजनी र बम विस्फोटनको जिम्मा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ।

ललितपुरको नक्खुमा रहेको एनसेल कार्यालयनिजक गरिएको विस्फोटमा परेर एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थियो।

नेकपाले आइतबार एक विज्ञप्ति जारी गर्दै एनसेलमाथि गरिएको आक्रमणको जिम्मा लिएको हो। उसले एनसेलले ७३ अर्ब रुपैयाँभन्दा बढी कर छलेको, अदालतले गरेका निर्णय पालना नगरेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेशमा लगेकोलगायतका गम्भीर गल्ती गरेकोले उसकै भाषामा कारबाही गरिएको जनाएको छ।

नेकपाले ललितपुरमा एक जनाको ज्यान गएको घटनालाई भने दुःखद् भन्दै व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेकोसमेत जनाएको छ। फागुन १० गते राति एनसेलको मुख्यालय नख्खुमा बम विस्फोट हुँदा गम्भीर घाइते भएका सिमप्रसाद गुरुङको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए।

शुक्रबार नै नेकपाका कार्यकर्ताले काभ्रे, रौतहट,  कञ्चनपुर लगायत २१ जिल्लामा एनसेलका टावरमाथि आक्रमण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.