|

मुगु : छायानाथ रारा नगरपालिका-४ भामावाडाको च्यानी खोलामा कुकुरले लखेट्दै गरेको अवस्थामा भेटिएको दुर्लभ रेडपाण्डालाई स्थानीयवासीले उद्धार गरेका छन्। स्थानीयबासी कुकुरले लखेट्दै ल्याएको रेण्डपाडा लाई उद्धार गरी वडा कार्यलयमा बुझाएका थिए। वडा कार्यलय  निकुञ्जका कर्मचारी लाई जानकारी गराई रेडपाण्डा लाई निकुञ्ज कर्मचारीको जिम्मा लगाईएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ का वडा  अध्यक्ष विष्‍णुकुमार भामले जानका दिए।

उनका अनुसार  आइतबार दिउँसो भेटिएको रेडपाण्डा अत्याधिक जाडोका कारण तल झरेको र स्थानीयवासीले उद्धार गरी वडा कार्यालयमा बुझाएका र वडाले वन डिभिजन कार्यालय र निकुञ्ज कार्यालयलाई खबर गरेपछि आइतबार नै निकुञ्जकका कर्मचारी लाई बुझाइएको बताए। लेकतिर हिमपातकारण वास र खानाको खोजी गर्दै खोलाको किनार हुँदै गाउँतिर आएको हुन सक्ने रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सिनियर बन रक्षक हरिबहादुर रोकायाले जानकारी दिए।

रारा राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रमा १ सय ५० भन्दा बढिको संख्यामा रेडपाण्डा भए पनि चोरी शिकारी, छाडा चरिचरण तथा दिन प्रतिदिन निगालोको झाडी मासिँदै जाने र रेडपाण्डाको बास स्थान पनि असुरक्षित बन्दै जाँदा रेडपाण्डाको संरक्षणमा चुनौती बढ्दै गएको रोकायाको भनाई छ। निकुञ्ज र मध्यवर्ती आसपासका स्थानीयवासीलाई चेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने, रेडपाण्डाको वास स्थानको संरक्षण गर्दा रेडपाण्डालाई संरक्षण गर्न सकिनेमा सबै सचेत हुनुपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.