|

बैतडी : सुदूरपश्चिम प्रदेका पहाडी र उच्च पहाडी जिल्लामा सोमबारदेखि पुनः हिमपात सुरु भएको छ। बैतडी, बझाङ, दार्चुला र बाजुराको अधिकांश क्षेत्रमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ।

बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

बझाङको साइपाल, सुर्मा, छबीसपाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ। यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकर लगायतका ठाउँमा पनि हिमपात भएको छ। बाजुरामा पनि हिमपात भएको प्रशासनले जनाएको छ। 

हिमपातका कारण चिसो बढेकोले वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुर गर्ने सर्वसाधरण बढी प्रभावित भएका छन्। यो वर्ष मात्रै सुदूरपश्चिमा पाँच पटक हिमपात भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.