मनोरञ्जन

छाउपडीमा जलेकी धनाकाे स्वरमा आयो लाेकदाेहोरी गीत
SHARES

फागुन १५, २०७५

    काठमाडौं : छाउपडीमा आगो लागेर जलेकी धना परियार र संचारकर्मी तुलसिंह रनपछाईको स्वरमा नयाँ लोकदाेहोरी गीत सार्वजनिक भएको छ।

    किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी धनाले शिव दर्शन फिल्मस् प्रालीकी प्रवन्ध निर्देशक गायत्री थापाको सहयोगमा रनपछाईसँग मिलेर लोकदोहोरी गीत बजारमा ल्याएकी हुन्।

    गीतमा धना परियार र तुलसिंह रनपछाईले आवाज दिएका छन्। समीक्षा बुढाथोकीले सिर्जना गरेको उक्त गीतमा ऋषी खड्काले संगीत भरेका छन्।

    त्यसैगरी म्युजिक भिडियोमा रोशन सिंह र साया भण्डारीको अभिनय रहेको छ। अजय रेग्मीको छायांकन, रोशन सिंहको निर्देशन तथा मिलन बिकको सम्पादनमा गीतको म्युजिक भिडियो निर्माण भएको छ।
     
    उक्त गीतबाट संकलन भएको सबै रकम धना परियारको उपचारको लागी सहयोग गर्ने गायत्री थापाले बताएकी छिन्। साथै देश तथा विदेशमा रहने सम्पुर्णलाई धना परियारको लागी आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उनले अनुरोध समेत गरेकी छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]