६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्वारा पुष्टि

|

काठमाडौंः तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ। हेलिकप्टर ताप्लेजुङको पाथिभरा नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको ताप्लेजुङ प्रहरी सूचना शाखाका हवल्दार विनोद परियारले जानकारी दिए। यस अघिको समाचारमा हेलिकप्टरमा सवार छ जना भनिए पनि सात जना रहेको पुष्टि भएको छ ।

मन्त्री अधिकारीसहितको टोली आजै तेह्रथुममा विमानस्थल सम्भाव्यता अध्ययनका लागि गएको थियो। घटनास्थलमा प्राप्त शवहरु ताप्लेजुङबाट शिक्षण अस्पताल महाराजगञ्ज ल्याइँदै छ। केहीबेर अघि मात्रै दुर्घटनामा परेकाहरूको उद्धार गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएको थियो। 

थप समाचार :

​गृहमन्त्रालयको आधिकारी जानकारी भिडियोमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.