|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। बुधबार दिउँसो ताप्लेजुङको मुइममा डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातजनाको निधन भएको हो।

दुर्घटनामा परेर निधन भएकामा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसी रहेका छन।

मन्त्री अधिकारी दुर्घटना हुनु पहिले तेह्रथुमको चुहानडाँडामा एक कार्यक्रममा सहभागी भएका थिए। तेह्रथुमको आठराई गाउँपालिकाले मन्त्री अधिकारीको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा मन्त्री अधिकारीले उक्त कार्यक्रममा सहभागीता जनाएका थिए। उनले सधैं झैं हँसिलो अनुहार लिएर कार्यक्रममा सहभागी भएको र स्थानीय जनताबाट सम्मान ग्रहण गरेको तस्वीरमा देखिन्छ। यो मुस्कान नै उनको सार्वजनिक मुस्कान बन्न पुग्यो ।

हेर्नुहोस्, क्यामेरामा कैद भएको मन्त्री अधिकारीको अन्तिम मुस्कानः

तस्वीर सौजन्य : सुर्योदय अनलाइन/रमेश तिवारी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.