|
File Photo

उदयपुरः बुधबार दिउँसो तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टरमा सवार सातै जनाको निधन भयो। दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भयो। 

जुन मन्त्री अधिकारीले दुर्घटना अघि तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडा भएको कार्यक्रम यस्तो भाषण गरेका थिए।

मन्त्रीकै शब्दमा : अहिले हामी यहाँ आइरहँदा खेरी एयरपोर्टको सन्दर्भ चलाउन होइन की, एयरपोर्ट बनाउने योजना लिएर आएका हौं। मेरो साथमा चुहानडाँडा एयरपोर्टको नक्सा, स्टेमेट, डिजाइन सबै छ। स्टिमेटमा ८७ करोड खर्च हुने अवस्था छ। मुलकको आर्थिक विकास र नेपालको समृद्धिको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहनुभएको छ। यो ठाउँ उहाँकै जन्मस्थल ठाउँ मात्र भएर होइन, यो ठाँउमा एयरपोर्ट अतिआवश्यक र एयरपोर्टको लागि अतिउपयुक्त भएकाले पनि एयरपोर्ट बन्छ।

बाँकी मन्त्री अधिकारीकै शब्दमा सुन्नुहोस अडियो:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.