|

धनगढी: कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मे १ क। ३२८ नम्बरको टिपरले ठक्करबाट घोडाघोडी नगरपालिका १ सुखडमा  ६ वर्षीय सुवास बस्नेतको मृत्यु भएको हो।

टिपरको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यज्ञराज जोशीले बताए। ‘घाइते बालकको घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको थियो। उनको अस्पतालमै मृत्यु भयो’ प्रहरी निरीक्षक जोशीले भने।

बालकको मृत्युपछि आफन्तहरूले पूर्व पश्चिम राजमार्ग केही बेर अवरुद्ध गरेका थिए। केही समय स्थिति तनावग्रस्त भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन खोज्दा २ जना प्रहरी घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए। उनले भने, ‘केहिबेर तनाव ग्रस्त थियो। अहिले स्थिति सामान्य छ। राजमार्ग पनि खुलिसक्यो।'

प्रहरीले कञ्चनपुरको बेदकोट नगरपालिका ३ दैजीका ४३ वर्षीय टिपर चालक हिरासिंह धानुक र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.