क्षतिपूर्ति दिनुस् : सिमेन्ट कम्पनी, अनुसन्धानमै छौँ वन विभाग’

|

उदयपुर : कसमस सिमेन्टको चुनढुंगा उत्खनन क्षेत्र विवादले बन्द भएपछि अझै खुलेको छैन। वन कार्यालयले अवैध रूपमा राष्ट्रिय वनबाट उत्खनन गरेको भन्दै अनुसन्धान गर्न रोकेपछि बन्द भएको उत्खनन क्षेत्र अझै नखुलेको हो।

धनुषाको महेन्द्रनगरस्थित कसमकस सिमेन्टले उदयपुरको उदयपुरगढी गाउँपालिका ४ र ५ वडाको सीमा क्षेत्रमा पर्ने माटी खोला राष्ट्रिय वनबाट उत्खनन गर्दै आएको थियो। वन कार्यालयले रोकेपछि कसमस सिमेन्टले करोडौँको क्षति बेर्होनु परेको सिमेन्टका डाइरेक्टर कृष्ण दुलालले गुनासो गरेका छन। ‘हामीले तीन वर्ष अघिनै सरकारी प्रक्रिया पुर्‍याएर चुनढुंगा उत्खनन क्षेत्रमा सडक निर्माण गर्नेक्रममा भेटेको चुनढुंगा ढुवानी गर्दै आएका थियौ,’ उनले भने, ‘अहिले वन कार्यालयले अवैध भनेर रोकेको दुई हप्ता भन्दा बढी भयो, यसबीचमा करर्डौको क्षति भोग्नु पर्‍यो।’

कसमस सिमेन्टको चुनढुंगा उत्खनन क्षेत्र र उद्योग झण्डै दुईसयक किलोमिटरको दुरीमा छ। हिउँदमा मात्र चुनढुंगा उत्खनन गरेर ढुवानी गर्न सकिन्छ। ‘झण्डै दुई हप्ता वन कार्यालयले रोकेको छ,’ उनले भने, ‘हामीले सरकारी प्रक्रिया सवै पुर्‍याएका छौ, सरकारलाई राजस्व समेत तिरेका छौ, चुन ढुंगा उत्खनन क्षेत्र जाने सडक निर्माणको क्रममा भेटेको चुनढुंगा लान सरकारी राजस्व तिरेका छौ, वनले अवैध भनेर रोक्दा झनै करडौ क्षति भयो, अझै खुलाएको छैन।’

कसमसले वन क्षेत्रमा खानी उत्खननको कागजी प्रक्रिया नपु¥याएको भन्दै त्रिवेणी वन डिभिजन कार्यलयले रोकेको छ। ०७२ सालमै चुनढुंगा उत्खननको लागि कसमस सिमेन्टले माथिल्लो वनमन्त्रालय, वन विभाभाग, खानी विभागमा सरकारी प्रक्रिया पुर्‍याएपछि जिल्लामा रहेका वन कार्यालयलाई खवर नहुँदा रोक्न परेको त्रिवेणी वन डिभिजन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत दानबहादुर श्रेष्ठले बताए। ‘हामीले जसरी जस्तो रुपमा अवैध देखेका थियौ, त्यो चाँही पाइएन,’ उनले भने, ‘०७२ सालमै वनसँग गर्नु पर्ने सम्झौता सिमेन्टले पुरा गरेको भेटिन्छ, तर, जिल्ला मातहतमा त्यही जानकारी नहुँदा रोक्नु परेको हो, अव केही दिनमै खोल्छौ।’

वनसँग जोडिएका माथिल्लो निकायमा वन विभागबाटै तल्लो निकायमा रहेका वन कार्यालयलाई समयमै जानकारी नदिईकन फाईल रोक्दा समस्या आएको वन कार्यालय त्रिवेणीको भनाइ छ। त्रिवेणी वन डिभिजन अन्र्तगतको तावाश्री सव डिभिजनका सहायक वन अधिकृति धर्मनाथ यावदलाई अनुसन्धान अधिकृत तोकेर तत्काल चुनढुंगा उत्खनन कार्य रोकेको थियो। कसमस सिमेन्टले उदयपुरको कटारी नगरपालिका ८ पट्नभज्याङ र उदयपुरगढी गाउँपालिका ४ र ५ मा पर्ने माटीखोला अमिले पाखाबाट चुनढुंगा ढुवानी गर्दै आएको छ। जसमा उदयपुरगढी गाउँपालिकाको माटीखोला राष्ट्रिय वन क्षेत्रमा पर्छ भन्ने त्रिवेणी वन डिभिजन कार्यालयको दावी थियो।

स्थानीयका अनुसार केही नापी भएको जग्गा र सर्वसाधरणले खरबारीको रुपमा प्रयोग गर्दै आएको क्षेत्रमा कसमस सिमेन्टले उत्खनन गर्ने चुनढुंगा छ। त्यही खरबारी पाखोनै राष्ट्रिय वन क्षेत्रसँग जोडिएको छ। उदयपुरगढी गाँउपालिका ५ का वडा अध्यक्ष कुमार अधिकारीले खानी उत्खनन क्षेत्र जाने निर्माणधिन सडक परेपनि उत्खनन क्षेत्र ५ हेक्टर जग्गा नापी भएको जग्गामा पर्ने बताए। ‘हामीले सुनेअनुसार वन कर्यालय दोषी देखिन्छ, ०७२ सालमा चुनढुंगा उत्खनन गर्न कसमस सिमेन्टले सरकारी प्रक्रिया पुर्‍याएको छ,’ उनले भने, ‘जिल्ला रहेका वन कार्यालयमा त्यो जानकारी नआउँदा समस्या भएको छ, त्यो वन कार्यालयको कमजोरी हो।’

उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णकुमार कार्कीले विवाद चाँडै टुङग्याउन त्रिवेणी वन डिभिजन कार्यालयलाई निर्देशा गरेको बताए। ‘विवाद भएपछि के हो सत्य तथ्य पत्ता लगाउन भनेको थिए, प्रजिअ कार्कीले भने, ‘कसमस सिमेन्ट भन्छ हामीले पहिलानै सरकारी प्रक्रिया पूरा गरेका छौँ, वन कार्यलयले पनि त्यो सरकारी प्रक्रिया पूरा गरेको प्रमाण फेलाको बताउँछ, अव विवाद समाधन हुन्छ।’

प्रमुख जिल्ला अधिकारी कार्कीले चाँडै विवाद सामधन हुने बताए। ‘वन विभागबाट स्विकृति भएर आए पनि वन र सिमेन्ट दुवैले फाईलको फलो गरेरन्,’ उनले भने, ‘जसको कारण विवाद भएको हो, त्यो चाँडै टुङगिन्छ, धेरै रोक्नु हुँदैन, प्रक्रिया पुर्‍याएको भए।’

सिमेन्टको ढुंगा खानी रोकियो : वन भन्छ - अवैध, कसमस भन्छ - वैध छ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.