|

मनाङ : मंसिरमा जाडो छल्न जिल्ला बाहिरेका मनाङवासी गाउँ फर्कने समय भएको छ। विगतका वर्षहरुमा माघको दोस्रो सातामा जिल्ला भित्री सक्ने मनाङ्गेहरु यो वर्ष अहिले सम्मा जिल्ला फर्कन सकेका छैनन्। वर्षमा एक सिजन मात्र खेतिपाती हुने यस ठाउँमा खेतिपातीको सिजन शुरु भए पनि हाल सम्मको हिमपातले गर्दा जिल्ला फर्कन सकेका छैनन्।

हिमपातले कसैलाई छोडेन। सर्वसाधारण केटाकेटी कर्मचारी किसान  पशुचौपया खेतिपाती सबै प्रभावित भएको चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजंग गुरुङले बताए। उहाँका अनुसार खेतीपाति थन्काएर जाडो छल्न जिल्ला बाहिर रहेका मानिसहरु जिल्ला भित्रीएर आफ्नो ब्यावसाय र खेतिपाती धमाधम शुरु हुने बेलामा गाउँघर सुनसान भएको छ। कोहि पहिले नै जिल्ला छाडे , कोहि हिमपात पर्न थालेपछि जिल्ला बाहिरेका उनले बताए।  माघ १५ भित्र जिल्ला आउने मनाङबासीहरु यस पटक भने फागुनको दोस्र साता सम्म जिल्ला भित्रन सकेका छैनन्।

अब त सिजन शुरु भयो भनी आवस्यक सामान लिएर आएका मनाङ्गेहरु भारी हिपातका कारण लमजुङ बेसीसहरमा नै अड्किएका छन्। अब त हिउँ पर्न रोकिएला कि भनेर सबै सामानहरु बोकेर काठमान्डौ देखी आयो बेसीसहर आए पछि पुन हिमपातले भरीयो मनाङ भन्ने समाचार आउँछ। सवारी साधान चल्दैन। गाउँमा रहेका मानिस पनि तल झरेका भेटिन्छन्। गाउँ फर्कनै सकिएन।

 गाउँ जाने भनेर हिडेको तिन पटक भयो अझै गाउँ फर्कन सकिएको छैन, पर्यटन व्यावसायी सँघ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनु भयो। उहाँका अनुसार पर्यटकको सिजन शुरु सँगै बिदेशी तथा आन्तरी पर्यटकले खचाखच हुने बेलामा हिमपातले सखाप बनाएको छ। 'गाउँभरी मानिसहरु खेतिपाती र आफ्नो व्यावसायमा व्यात हुने अवस्थामा गाउँघर नै सुनसान भएको छ'  उन भने।

अहिले मनाङका चार गाउँपालीका मध्ये मनाङ ङिस्याङ र नार्पाभुमि गाउँपालिका सुनसान भएको छ। महिनौ दिनसम्को निरन्तर परेको हिमपातले  अलिअली भएका मानिसहरु पनि जिल्ला बाहिरेका प्रमुख जिल्ला अधिकरी रुद्रनाथ देबकोटाले बताए।

उनका अनुसार जिल्लामा भएका कर्मचारी पनि हिउँ पर्नथाले पछि बिदा लिएर झर्नथालेका छन्। कहिले हिमपात रोकीएला र सहज होला भनेर बस्नु परेको छ।  

उता नार्पा भुमि गाउँपाकिाका कर्मचारीहरु गाउँपालिकामा बस्न नसकेर सदरमुकाम चामे बाट नै गउँपालिकाको कामकाज गरीरहेका छन् भने मनाङ ङिस्याङ गाउँपालीका कर्मचारी बिहिन नै भएको छ। गाउँपालिकाका एकाउन्टेन कृष्ण राज तिमसिनाले बताए।

 उनी भन्छन्, 'गाउँमा मानिस नै छैनन्,पालिकामा कुनै काम आउँदैन। हिउँ खाएर कति बस्ने ? सवारी साधन आवगमन छैन। भएको खानेकुरा सबै सकियो के खाएर कसरी बस्ने ? बाँच्नको लागि पनि तल झरेको उनले बताए।

 लामो समय सम्मको हिमपातले सदरमुकाम चामे सम्म पनि सवारी साधन राम्रो सगँ चल्न सकेका छैनन्। माथि मनाङ त सवारी साधन नचलेको झन्डै डेढ महिना भयो गाउँमा कोहि छैनन्। कोहि पहिले नै झरे कोहि हिमपात पर्न थाले पछि झरे हामि त कार्यलय कुरेर बसेका हौँ, उहाँले भन्नु भयो। उता जिल्ला बाहिर रहेका मनाङबासीहरु समयमा गाउँ फर्कन नपाउँदा चिन्तीत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.