|

डोल्पा : डोल्पामा पुनः भारी हिमपात भएको छ। गत मंलबार राती देखि शुरु भएको हिमपात लगातार बिहिबार बिहानसम्म करिब ३० घण्टा परेपछि रोकिएको हो। लामोसमयसम्म हिँउ परेपछि जिल्लाका दुनै,जुफाल, त्रिपुराकोट,सुँ,पहाडा,माझफाल लगायतका बस्तीमा तीन देखि चार फिटसम्म हिँउ जमेको छ।

हिमपातका कारण त्रिरासुन्दरी नगरपालिकामा पर्ने मु,हुम,बन्तडी,ठुलीभेरी नगरपालिकामा पर्ने ताली ,माझफाल,रह लगायतका बस्तीका दर्जनौँ बस्तीका स्थानीय घरभित्रै थुनिएका छन्। घर बाहिर बाग्लो हिँउ जमेर निस्कनै नमिल्ने भएपछि घरभित्रको भित्रै थनिएको बन्तडी गाउँका स्थानीयले बताए।

भारी हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्म जाने बाटाघाटाहरु बन्द भएकाछन् भने ठाउँठाउँमा गएको पहिराको कारण पानीका मुहान दुसित भएपछि पिउने पानीको समस्या भएको छ। सडकमा बाग्लो हिँउ जमेपछि त्रिपुराकोट–खदाङ खण्डमा चल्ने जीप सेवा बन्द भएको छ। त्यस्तै उपल्लो डोल्पामा दशौँ फिट हिँउ जमेको अनुमान गरिएको छ भने अझै हप्तौसम्म सम्पर्कबिहिनहुने बताइएको छ। यसबर्षमात्रै आठौँ पटकसम्म हिँमपात भएको स्थानीयले बताए। यस पटक चालिस बर्ष यताकै उच्च हिमपात भएको त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने स्थानीय कलावती देबकोटाले बताइन्।

अघिल्ला बर्षहरुमा धेरै परे दुइ देखि तीन पटकमात्रै हिँउ पर्ने र थोरै हिँउजम्ने गरेतापनि यसबर्ष आठौँ पटकसम्म हिँउ परेको स्थानीय दिलमाया बिष्टले बताइन्। कागतीको बोटमै बाग्लो हिँउजमेपछि भार थाम्न नसकेर दुइबोट कागती जरैदेखि भाँचिएको उनले बताइन्।

भारी हिमपातका कारण दैनिकहुने घरको कामकाज समेत प्रभाबित भएको छ। भारी हिमपातका डोल्पाको तापक्रम माइनसमा झरेपछि जनजीवन अत्यन्तै कष्टकर बनेको छ।जताततै हिँउ जमेपछि डाँडाकाडा गाउँबस्ती हिँउले सेताम्य भएका छन्।

डोल्पालीलाइ घरको छत र आँगनमा मै जमेको बाग्लो हिँउ फाल्नलाइ भ्यानभ्याइ भएको छ। लगाताको हिमपातपछि बडेको चिसोका कारण बृद्धबृदा र केटाकेटी धेरै प्रभावित भएकाछन भने पशुबस्तु गोठमै थन्किएका छन्। हिँउले डाँडाकाडा सेताम्यहुने गरी छोपेकाले चरिचरन र पानी खुवाउन समस्या भएको स्थानीयको भनाइ छ। हिँउले ढोका थुनेपछि घाँस र पानी खान नपाएर पशुबस्तु भोकभोकै गोठमा बाँधिएको करेलीकाँडाका स्थानीय बालकृष्ण बोहोराले बताए।

विद्यालय ठप्प

हिमपातका कारण दुई दिनदेखि डोल्पाका बिद्यालयको पठनपाठन प्रभावित भएको छ। लगातारको हिँमपातले बाटोघाटो सबै पुरेपछि बिद्यार्थीहरुले स्कुलसम्म पुग्न सकेका छैनन्। घरको ढोकासम्म जमेको बाग्लो हिँउका कारण घरबाहिर निस्कन समस्या भएको बेला बिद्यालयसम्म पुगेर पढ्न सम्भाबना नरहेको त्रिपुरा माबिमा कक्षा १० मा अध्ययनरत छात्र लक्ष्मण देबकोटाले बताए।

भारी हिमपातका कारण बिद्यालयसम्म पुग्ने बाटोघाटो पुरै पुरिएकाले जिल्लाका उच्च भेगहरुमा रहेका आधारभुत र माध्यामिक तहका बिद्यालयहरुको पठनपाठन शुक्रबारपनि प्रभाबितहुने शिक्षकहरुले बताएका छन्।

विमानस्थल बन्द

भारी हिमपातका कारण जुफाल बिमानस्थल समेत अवरुद्ध भएको छ। धावनमार्गमा बाग्लो हिँउ जमेका कारण तीनदिन देखि कुनैपनि उडान हुन नसकेको नागरिक उडड्यन प्राधिकरण जुफालले जनाएको छ। धावनमार्गमै करिब तीनफिटसम्म हिँउजमेकाले शुक्रबार र शनिबारसम्म बिमानस्थल अवरुद्धहुने बताइएको छ।

मोबाइल टावर अवरुद्ध

हिमपातकै कारण ठुलीभेरी नगरपालिका ७ जुफालमा राखिएको नमस्ते र स्काइको मोबाइल टावर समेत अवरुद्ध भएको छ। लगातार दुइ दिनदेखि मोबाइल टावर अवरुद्ध भएपछि अधिकाशं बस्तीहरु सम्पर्कबिहिन भएकाछन्।

हिउँले पोल भाँचिएपछि नगर अन्धकारमा

यस पटक हिमपातको कारण त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने छलगाड लघुजलबिद्युत आयोजना अवरुद्ध भएको छ। भारी हिमपातका कारण ठाउँठाउँमा गाडिएका बिजुलीका पोलहरु भाँचिएपछि नगरपालिकामा बिद्युत सेवा अवरुद्ध भएको हो। शुक्रबार चर्को घाम नलागे अझै दुइ दिनसम्म हिँउ नबिलाउने चिसोका कारण डोल्पालीको कष्टहरनैहुने त्रिपुराकोटबासीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.