|

काठमाडौं :  ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई सामूहिक श्रद्धाञ्जली अर्पण गरिएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेकपाका अध्यक्ष पुष्पकमल दाहालदेखि मन्त्रीहरूले टुँडिखेल पुगी श्रद्धाञ्जली दिएका हुन्। श्रद्धाञ्जलीका क्रममा प्रधानमन्त्री ओलीले सातैजनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट  गरेका थिए।  

दिवंगत भएका संकृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई गृह जिल्ला पोखरा लगिएको छ। विहान ८ बजेदेखि ११ बजेसम्म राखिएको श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शवलाई पोखरा लगिएको हो। अधिकारीको शवलाई पोखरामा केहि घण्टा श्रद्धाञ्जलीका लागि राखिने र रामघाटमा आजै अन्त्यष्टि गरिनेछ। त्यस्तै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शवलाई भने उनको घरमा दुई दिन सम्म राखिने र पर्सि टेकुमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। अन्य ५ जनाकाे शवलाई भने आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ। 

 हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.