|

इलाम : आगामी फागुन २८ गतेबाट विराटनगरमा हुने पाँचौ साफ च्याम्पियनसिपको लागि नेपाली महिला राष्ट्रिय टोली अभ्यासरत छ। इटहरीस्थित क्षेत्रीय रंगशालामा अपराहन्न ३ बजेपछि नेपाली टिम अभ्यास गर्दै गरेको भेटिन्छ ।

गत महिना भारतको केरलामा भएको हिरो महिला कपमा उत्कृष्ट प्रर्दशन गर्दै उपविजेता बनेको टोली उच्च मनोबलमा छ। सार्कका ६ राष्ट्र सम्मिलित साफ च्याम्पियनसिपमा नेपालको मुख्य प्रतिद्वन्द्वीको रुपमा भारत रहेको छ।

इटहरी रंगशालामा १० दिनदेखि प्रशिक्षण जुटिरहेको छ। मुख्य प्रशिक्षक हरि खड्का अभ्यास गर्ने लामो समय मिलेको हुँदा उत्कृष्ट प्रर्दशन हुने दाबी गर्छन्। भारतमा भएको खेलका कमजोरीलाई सच्याउँदै साफ च्याम्पियनसिपमा जित्ने लक्ष्य रहेको उनले बताए। हिरो कपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको थियो।

प्रायः भारतसँग आमनेसामने भइरहेको नेपालले यो पटक भने ‘होम ग्राउण्ड’ मा उच्च मनोबलका साथ खेल्नेछ। टिम क्याप्टेन अनु लामाका अनुसार विगतका कमजोरीलाई सच्याउँदै नेपालले उपाधी जित्ने लक्ष्य लिएको छ। ‘जहिल्यै पनि प्रतिद्वन्द्वी भारत हुन्छ। तर, यो पटक हामीले जितेका छौँ। सबै खेलाडी कन्फिडेन्टका साथ खेल्न तयार भएको हुँदा जित्न लागिपरेका छौँ’ उनले भनिन।

विराटनगरको शहीद रंगशालामा नेपालले पहिलो खेलमा फागुन २८ गते दिउँसो ३ बजे भुटानसँग प्रतिस्पर्धा गर्दैछ । ९ वर्षको अवधीमा नेपालको भारतसँगको भेट १० पटक भइसकेको छ। जसमा भारतले ७ खेल जितेको छ भने २ खेल ‘ड्र’ भएको छ।

नेपालले इतिहास रच्दै यो पटक भारतको भुवनेश्वरमा भएको हिरो कपमा १ का विरुद्ध २ गोल हानेको थियो। त्यसैले उच्च मनोबल लिएर तयारीमा रहेको नेपाली टोली पुनः अर्को इतिहास रच्दै दक्षिण एसियाको अन्डरडगको रुपमा रहन चाहन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.