सात जना भीरमा अड्किए

|

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका-३ राताकाँठामा जिप दुर्घटना भएको छ। जिप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। 

जिप शुक्रबार साँझ दुर्घटना भएको हो। 

दुर्घटनामा परेका सातजना भीर अड्किएका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिएका छन्।

म १ ज २८० नम्बरको जिप सडकबाट झण्डै ३०० मिटर तल खसेको छ। जिप खसेर महाकाली किनारमा पुगेको छ। प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ। जिप चालक दीपक धामी घाइते छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल खलंगा ल्याइएको छ।

दुर्घटनामा अझै बढी परेको हुन सक्ने र अँध्यारोले उद्धार गर्न अप्ठेरो भएको रेडक्रस दार्चुलाका स्वयंसेवक दानसिंह महरले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.