|

मुगु : लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्म सडकखण्ड एक महिनादेखि बन्द छ। सडक बन्द भएपछि यस क्षेत्र भएर यात्रा गर्ने नागरिकहरु बाक्लो हिउँमा पैदल यात्रा गर्न बाध्य बनेका छन्।

खरिदार सरहको वन सहजकर्ताको परीक्षा दिन मुगुका ४० परीक्षार्थी त्यहीँ बाक्लो हिउँ थुप्रिएको बाटोमा तीन दिनको पैदल यात्रा गरी परीक्षा केन्द्र रहेको कर्णाली प्राविधिक शिक्षालय जुम्ला पुगेका छन्। सामान्य अवस्थामा मुगुदेखि जुम्लासम्म पैदल यात्रा गर्दा साढे एक दिन लाग्ने गर्दछ। तर, हिउँ थुप्रिएकाले तीन दिन लागेको छायानाथ रारा नगरपालिका–१ का उपेन्द्र मल्लले बताए।

गत पुस १५ मा नै हुने भनिएको परीक्षाको मिति सार्दै फागुन १९ का लागि तोएिको छ। सोही परीक्षामा सामेल हुने पाँच फिटसम्म जमेकोे हिउँ नै हिउँ भएको बाटोमा जोखिमपूर्ण यात्रा गरी जुम्ला पुगेको मल्लले बताए। उक्त परीक्षामा सहभागी हुन २५ पुरुष र १५ महिला मुगुबाट जुम्ला पुगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.